खुलासा : ऐश्वर्याको ‘जोश’ सलमानले गरेका थिए रिजेक्ट



ऐश्वर्या राय बच्चनलाई बलिउडकै सुन्दर उपहारको रुपमा लिइन्छ । उनी चलचित्र उद्योगदेखि हरेक सामान्य मान्छेको हृदयमा बस्न सफल भएकी छिन् । हरेक उमेर, तह र तप्काका मानिसले उनलाई मन पराउँछन् । उनका प्रशंसक छन् ।

लभगभ चार दशक पार गरिसकेकी सुन्दर अभिनेत्री राय आजपनि चलचित्रमा निकै रुचाइन्छिन् । हालै उनी अभिनीत नयाँ चलचित्र फन्ने खान प्रदर्शनमा आएको थियो । जसमा राम्रो र नराम्रो दुवै प्रकारका प्रतिकृयाहरु मिलिरहेको उनी बताउँछिन् ।

यसै चलचित्रको दौरान पत्रकारको प्रश्नमा उनले विगतलाई फेरि एकपटक याद गरेकी छिन् । उनलाई पत्रकारले फेरि एकपटक सलमान खानलाई जोडेर प्रश्न गरे । उनलाई चलचित्र ‘मोहब्बतेँ’ मा शाहरुख खानको बहिनीको भूमिकामा देखिएपछि कसरी पुनः शाहरुख खानको ‘जोश’ मा प्रेमीकाको भूमिका निभाउन सहज भयो भन्ने प्रश्न गरिएको थियो ।

जसको जवाफमा उनले यो चलचित्रमा अमिर खान र सलमान खानलाई अफर गरिएको थियो तर उनीहरु दुवैले अस्विकार गरेपछि शाहरुख खानलाई चलचित्र दिइएको थियो ।

चलचित्र ‘हम दिल दे चुके सनम’ को सुटिङको क्रममा सलमान र ऐश्वर्याको प्रेम कहानीले निकै चर्चा पायो तर केहि समयमै यी दुईबीच निकै मनमुटाव भयो र यसपछि कुनै पनि चलचित्रमा साथै काम गरेनन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu