प्रियंकाले छाडिन् सलमानको ‘भारत’



बलिउड अभिनेत्री प्रियंका चोपडाले सुपरस्टार सलमान खानको फिल्म ‘भारत’ छाडेकी छन् । यो खबरको पुष्टि निर्देशक अली अब्बास जफरले गरेका छन् । प्रियंका २ वर्षपछि यस प्रोजेक्टबाट बलिउडमा कमब्याक गर्दै थिइन् ।

अली अब्बास जफरले ट्विट गर्दै लेखेका छन्, ‘हो, प्रियंका चोपडा अब भारतको हिस्सा रहिनन् । उनले यस्तो गर्नुको पछाडि निकै स्पेशल कारण छ । प्रियंकाले हामीलाई आफ्नो फैसला निकै कम समयमा बताइन् र हामी उनका लागि खुसी छौं । हामी प्रियंका चोपका लागि खुसीको कामना गर्दछौं ।’

अलीको ट्वीटबाट अनुमान लगाउन सकिन्छ कि प्रियंका विवाह गर्दैछिन् । उनले आफ्नो ट्वीटको यो लाइन ” she told us in the Nick of time about her decision and we are very happy for her” मा निकको नाम लिएका छन् । अडकल त पहिला देखि नै गरिएको थियो कि प्रियंका आफ्नो विदेशी ब्वाईफ्रेण्डसँग विवाह गर्दैछिन् ।

‘भारत’ छाडेपछि भारतीय मिडियाले अभिनेत्री चोपडाको बारेमा विभिन्न खबरहरु प्रकाशन गरेका छन् । कतिले विवाह गर्न लागेको कुरा उल्लेख गरेका छन् त कतिले ठूलो प्रोजेक्ट हात परेपछि भारत छाडेको लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu