बलिउड अभिनेत्री कंगना रनौत र अभिनेता ऋतिक रोशन चाँडै एकपटक फेरि आमने(सामने हुने भएका छन् । यो भिडन्त यसपटक पर्सनल नभई बक्सअफिसमा हुने भएको छ ।
ऋतिक रोशन चाँडै बिहारको गणितज्ञ आनन्द कुमारको बायोपिक ‘सुपर ३०’ मा देखिँदैछन् । यो चलचित्रको रिलिज डेट अर्को वर्षको २५ जनवरीलाई तय गरिएको छ ।
अब यो मितिमा कंगना रनौतको सबैभन्दा ठूलो प्रोजेक्ट ‘मणिकर्णिका : द क्वीन अफ झांसी’ आउने पक्का भएको छ । ‘मणिकर्णिका’ अर्को वर्षको २५ जनवरीमा रिलिज हुँदैछ ।
झांसीकी रानी लक्ष्मीबाईमा आधारित यो चलचित्रमा कंगना, लक्ष्मीबाईको भूमिकामा देखिँदैछिन् । सुरुवातमा यो चलचित्र यस वर्षको २५ अप्रिलमा रिलिज हुने बताइएको थियो । यसपछि यो चलचित्र १५ अगस्टमा रिलिज हुने चर्चा थियो ।
तर, अब जी स्टूडियो र प्रोड्यूसर कमल जेनले यो चलचित्रको रिलिज आउँदो गणतन्त्र दिवसमा रिलिज गर्ने फैसला गरेका छन् ।