सुपरहिट चलचित्र ‘सञ्जू’ मा बलिउड सुपरस्टार सञ्जय दत्तको भूमिका निर्वाहा गरेका अभिनेता रणबीर कपूर अब ‘मुन्नाभाई’ सिरिजको तेस्रो चलचित्रमा देखिने सम्भावना बढेको छ ।
फिल्मफेयरको रिपोर्ट अनुसार, रणबीर यो चलचित्रमा अरशद वारसीको ठाउँ सर्किटको रोल प्ले गर्दै देखिन सक्नेछन् ।
‘मुन्नाभाई एमबीबीएस’ र ‘लगे रहो मुन्नाभाई’ मा अरशद वारसी सर्किट बनेका थिए तर अब तेस्रो चलचित्रमा उनलाई ठाउँ नमिल्ने भएको छ र यो रोल रणबीरलाई जान सक्ने बताइएको छ ।
निर्देशक राजकुमार हिरानीको तर्फबाट अहिले नै रणबीरलाई कास्ट गर्ने विषयमा कुनै अफिसियल कन्फर्मेशन मिलेको छैन तर उनी रणबीरलाई सर्किटको रोलमा कास्ट गर्नका लागि गम्भिरतापूर्वक सोचिरहेका छन् ।
सुत्रका अनुसार, ‘सञ्जू’ मा रणबीरको पर्फमेन्सलाई देख्दै मेकर्सलाई यो भरोसा छ कि रणबीर यो रोलका लागि फिट छन् र सञ्जय दत्तको साथ उनको अनस्क्रिन केमेस्ट्री जर्बजस्त साबित हुनेछ ।