काठमाण्डौ। नेपाली चलचित्र ‘डायरी’मा समावेश भएको ‘माया माया’ बोलको गीत सुपरहिट बनेको थियो । यो गीत प्रयोग गरी थुप्रै कभर भिडियोहरु बनेका छन् । तर, चितवनका १३ बर्षिय शिशिर श्रेष्ठले भने अडियो-भिडियो नै कभर गरेका छन् ।
निकै मिठो स्वरका धनि शिशिरले मानस राजको शब्द-संगीतमा रहेको यो गीतलाई सुन्दर तरिकाले स्वर भरेका छन् । भिडियोमा आँफै फिचर्ड छन् । यो गीतमा शिशिरको स्वर व्याबसायिक सुनिएको छ । यो गीतलाई चलचित्रको लागि अलमोडा राना उप्रेतीले गाएका थिए ।
चितवनको भरतपुरस्थित एक विद्यालयमा कक्षा ९ मा अध्ययनरत शिशिरले सानैबाट गीत गाउन रुचाउँथे । अहिले सम्म संगीत सिक्न नगएका उनले गीत भने खारिएको स्वरमा गाउँछन् । उनले गितार पनि उत्तिकै राम्रो बजाउँछन् ।
उनको यो अनौठो प्रतिभाबाट प्रभावित भई संगीतकार मानस राजले आफ्नै यूट्युब च्यानल मार्फत शिशिरको यो कभर गीत अपलोड गरेका छन् । शिशिरको सांगीतिक भबिष्य राम्रो देखेर नै आफुले उनले गाएको गीतलाई महत्व दिएको मानसले बताए ।
यसअघि गायक, रचनाकार तथा संगीतकार मानस राजको गीत ‘भाईरल भैदियो’ले इतिहास कायम गरेको थियो । हाल मानसले भारतिय म्यूजिक कम्पनी विंग्स इन्टरटेन्मेन्टसँग मोटो रकममा एक एल्बमका लागि काम गरिरहेका छन् ।
गीत हेर्नुहोस्: