‘सञ्जू’ मा छ सञ्जय दत्तका यी ६ कहानी



बलिउड अभिनेता सञ्जय दत्तको जीवनमा आधारित चलचित्र ‘सञ्जू’ शुक्रवारबाट संसारभर एकसाथ प्रदर्शनमा आएको छ । बायोपिक चलचित्र ‘सञ्जू’ मा अभिनेता रणबीर कपूरले मूख्य भूमिका निभाएका छन् ।

राजकुमार हिरानीको निर्देशनमा बनेको यस चलचित्रले सञ्जय दत्तको जीवनलाई उजागर गर्ने धेरैको अनुमान छ । जसले दत्तको जीवनमा आएको अनेकन उतारचढावलाई देखाउनेछ ।

चलचित्रमा मूख्य रुपमा देखाइएका सञ्जय दत्तका जीवनका ६ मोडको विषयमा केही जानकारी यहाँ उल्लेख गरिएको छ ।

१. ड्रग्सको लत

सञ्जय दत्तले एक अन्तवार्तामा बताएअनुसार स्कुल जीवन पश्चात् जब उनी कलेज जीवनमा प्रवेश गरे तब उनले ड्रग्स चाखेका थिए । त्यसपछि उनलाई यसको लत लाग्दै गयो ।

२. टेक्ससमा खेत किन्ने चाहाना

अमेरिकाको पूर्नःस्थापना केन्द्रमा लामो समय बिताएपपछि उनी नयाँ जीवन शुरु गर्न चाहान्थे भने उनी पुनः भारत फर्किन चाहँदैन थिए । उनी टेक्सासमा खेत किनेर व्यवसाय गर्न चाहान्थे । यो घटनालाई पनि चलचित्रमा देख्न सकिनेछ ।

३. पहिलो श्रीमती गुमाउँदाको घटना

सञ्जय चलचित्रको कामले देश बाहिर थिए । त्यही समय उनकी श्रीमती रियाले उनलाई टाउको दुख्ने समस्याले सताएको बताइन् र पछि थाहा भयो कि उनलाई घातक ट्यूमर लागिसकेको थियो । रिया ट्यूमरको उपचारको लागि अमेरिका गइन् र उतै बस्न थालिन् । जतिबेला उनकी छोरी त्रिशला मात्र एक वर्षकी थिइन् ।

४. १९९३ को बम विस्फोट

सञ्जयको जीवनका यो घटना निकै नाटकिय तवरले घटेको थियो । एकजना बन्दुकधारी जब सञ्जयको घरमा आयो तब उनलाई पनि आतंककारीको भिल्ला भिराइयो र जेल चलान गरियो ।

उनको समर्थनमा थुप्रै मानिसहरु थिए तर जब सञ्जय र छोटा शकीलको अडियो रेकर्ड लिक भयो तब उनी जेलमा बस्न बाध्य भए ।

५. जेलमा बिताएको समय

चलचित्रको ट्रेलरमा पनि देख्न सकिन्छ कि उनले जेल जीनवमा धेरै तनाव जेल्नुपरेको थियो । उनको जेल जीवनको कहानि चलचित्रमा देख्न सकिनेछ ।

६. भाई-बहिनी बीचको झगडा

सञ्जयकी बहिनीहरु प्रिया र नम्रताले आफ्नो भाईको हरेक सुखः दुखमा साथ दिएका थिए । तर सञ्जयले समाजवादी पार्टीलाई समर्थन गरेका थिए भने प्रियाले कांग्रेससँग समझदारी गरेकी थिइन् । यही कारणले गर्दा यी एक अर्काको विवाह समारोहमा समेत उपस्थित भएनन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu