चलचित्र पत्रकार शुशील पौडेलको कथामा निर्माण हुन लागेको दिनेश राउतले निर्देशन गर्ने चलचित्र ‘प्रसाद’ को सोमवार मुर्हूत गरेसँगै छायांकन आरम्भ भएको छ । सोमवार काँडाघारीमा रहेको गान्धी महिला आश्रममा चलचित्रको मुर्हूत गरियो ।
विपिन र नम्रतासँगै निर्देशक तथा अभिनेता निश्चल बस्नेतले संयूक्त रुपमा आफ्नो भागको संवाद बोल्दै मुर्हूत सट दिए । यसमा विपिन र नम्रता श्रीमान-श्रीमतिको भूमिकामा छन् । निश्चलको भूमिका भने सस्पेन्स राखिएको छ ।
निःसन्तानका कारण पति र पत्निबीचमा आउने असमझदारी, अविश्वास तथा आफैंमा उत्पन्न एक मानसिक द्वन्द्वसँगै सामाजिक मुल्य-मान्यता विरुद्धको कथा चलचित्रले बोल्ने निर्देशक राउतले जानकारी दिए ।
सुवाष थापाको निर्माण रहने ‘प्रसाद’ लाई पत्रकार सुशील पौडेलले लेखेका हुन् । सुवाष थापा इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको चलचित्रलाई राजेश श्रेष्ठले खिच्नेछन् भने संगीत सुवाष भुसाल र कोशिष क्षेत्रीको रहनेछ । विकास सुवेदी चलचित्रका एशोसियट डाइरेक्टर हुन् ।