बलिउड अभिनेत्री तापसी पन्नुले स्पेनिस चलचित्र ‘कन्ट्राटिएम्पो’ को हिन्दी रिमेकमा काम गर्ने भएकी छिन् । द इन्भिजिबल गेस्टको नामले समेत परिचित उक्त चलचित्रलाई बलिउड निर्देशक सुर्जोय घोषले निर्देशन गर्नेछन् ।
सुर्जोयले यसअघि विद्या बालनलाई लिएर ‘कहानी’ र ‘कहानी २’ निर्देशन गरिसकेका छन् । जुन दोस्रो सातादेखि सुटिङ सुरु हुने चलचित्रमा तापसी र अमिताभ बच्चन प्रमुख भूमिकामा रहने खबर प्राप्त छ ।
यसअघि यी दुईले ‘पिंक’ मा काम गरेका थिए । चलचित्रको नाम ‘बदला’ राखिएको छ । अमिताभसँग पुनः अभिनय गर्न पाउँदा आफूलाई निकै खुसी लागेको तापसीले बताएकी छिन् ।
क्राइम थ्रिलर जनराको ‘बदला’ मा तापसी पावरफुल महिलाको भूमिकामा देखिने बताइन्छ ।