सुपरहिट चलचित्र ‘प्रेमगीत’ सिरिजका निर्माता सन्तोष सेनले निर्माण गर्न लागेको नयाँ चलचित्र ‘मेरी मामु’ मा ‘प्रेमगीत २’ की अभिनेत्री अश्लेषा ठकुरीको प्रमुख भूमिका हुने भएको छ । चलचित्रमा उनकोे जोडी ‘रानी’ चलचित्रका अभिनेता शारुकसँग बाँधिनेछ ।
‘मेरी मामु’ ले एक आमा र छोराको कथा बोल्छ । याम थापाले यो चलचित्र निर्देशन गर्दैछन् । फ्लोरमा जानु अगावै यो चलचित्रको रिलिज डेट भदौ १५ गतेलाई तय गरिएको छ ।
‘मेरी माम’ मा निर्माता सेनका ६ वर्षे छोरा आयूब सेन लिड रोलमा रहनेछन् । आमाको भूमिकामा नव-नायिका कुसुम गुरुङ अनुबन्ध भएकी छन् ।
निर्देशक थापाको कथा रहेको चलचित्रको छायांकन केही दिनबाट सुरु हुने निर्माता सेनले जानकारी दिए । भूवन चन्द, दुर्गा मल्ल, कृजन गौतम, शुभम बिष्टलगायतका कलाकारहरु यस चलचित्रका लागि फाइनल गरिएको छ ।