‘कस्मिक लभ’ को मुहूर्त, दीयासँग प्रशान्त र अर्पणको रोमान्स



वि.एस बलामी र शंकर अधिकारीले संयूक्त रुपमा निर्देशन गर्ने चलचित्र ‘कस्मिक लभ’ शुक्रवार काठमाडौंको पाँचतारे होटल अन्नपूर्णमा एक कार्यक्रमका बीच मुर्हूत गरिएको छ । यसमा अभिनेता द्वय अर्पण थापा, प्रशान्त ताम्राकार र अभिनेत्री दीया मास्केको लिड रोलमा रहनेछन् ।

रोमान्टिक, कमेडी र सस्पेन्स जनरामा निर्माण हुने बताइएको यो चलचित्र मुभी मेकर्स प्रालिको ब्यानरमा बन्न लागेको हो भने सुरज प्रधान यसको प्रस्तुतकर्ता हुन् । जे. गौतमको निर्माण रहने चलचित्रको कार्यकारी निर्मातामा डि.एन. दाहाल छन् ।


निर्देशक वि.एस बलामीले ‘कस्मिक लभ’ बनिरहेका चलचित्रहरुभन्दा फरक हुने बताए । ‘ह्याण्डसम भिलेन’ का रुपमा चर्चित अभिनेता प्रशान्तले स्क्रिप्ट चित्त बुझेका कारण चलचित्रमा काम गर्न लागेको बताउँदै यसमा आफ्नो भूमिका अन्य चलचित्रभन्दा फरक रहने खुलाए ।

चलचित्रमा रविन तामाङ, राजाराम पौडेल, पुरन थापा, देव महर्जनलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । यो चलचित्रबाट रिजन थापाले नेपाली रजतपटमा डेब्यु गर्दैछन् । कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहने चलचित्रको गीतमा बवुल गिरीले संगीत भरेका छन् ।


यसमा बाबु साहेवको एक्सन, विपिन मल्लको सम्पादन रहनेछ । सुरेश बज्रचार्यले खिच्ने फिल्मको कथा शेखर ज्ञवालीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu