असार १५ मा सविनको ‘ए सोल्टिनी’



चलचित्र ‘ए सोल्टिनी’ को प्रदर्शन मिति तय भएको छ । निर्देशक निमा लामा तामाङले आफ्नो चलचित्र असार १५ गतेदेखि देशभरका हलमा एकसाथ प्रदर्शन हुने जानकारी दिए ।

दिलकुमार घलान तामाङले निर्माण गरेको चलचित्रमा सविन श्रेष्ठ, अर्जुन गुरुङ, जयनन्द लामा, मन्जु श्रेष्ठ,ज्ञानबहादुर जिम्वा, अनिता गोले,गंगा रानामगर, बिबि रानामगर, सम्झना श्रेष्ठ, शेरबहादुर थिङलगायतका कलाकारले अभिनय गरेका छन् ।


जिम्बा फिल्मस् प्रोडक्शनको ब्यानरमा पूर्णी तामाङ प्रस्तुतकर्ता रहेको ‘ए सोल्टिनी ’मा सोल्टिनीको माया पाउन सोल्टाहरुले गर्ने संघर्ष र तडप प्रस्तुत गरिएको बताइन्छ । कमेडी, लभ, एक्शन तथा सेन्टिमेन्ट, सबै कुराले आफ्नो चलचित्र भरिपूर्ण भएको निर्देशन निमाको दावी छ ।

बिश्वास भण्डारीले छायांकन तथा सम्पादन रहेको चलचित्रमा सोमलाल बाइवा र बिनय केटुको संगीत छ । राज गोलेले द्वन्द्व निर्देशन गरेको चलचित्रको कोरियोग्राफी अभि लामाले गरेका छन् ।

ट्रेलर हेर्नुस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu