‘बोबी’ हेर्नुस्, नर्वे घुम्नुस्



असार २९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बोबी’ हेर्ने दर्शकले नर्वे घुम्न पाउने भएका छन् । उमेश थापा र कविता गुरुङ अभिनीत तथा यही कपलको रियल लभस्टोरीमा निर्मित यो चलचित्र हेरेका दर्शकले टिकटमा आफ्नो नाम लेखि, त्यसको फोटो खिचेर ‘बोबी’ को आधिकारिक फेसबुक पेजमा पठाउनु पर्नेछ ।

उपलब्ध भएका फोटोलाई फेसबुक लाइभ मार्फत् गोलाप्रथाको माध्यमबाट विजेता घोषणा गरिनेछ । भाग्यशाली दर्शकले आफ्नो जोडीसँगै ‘बोबी’ को जन्मघर पोखरा, कर्मघर ललितपुर हुँदै कर्मथलो नर्वेसम्मको यात्रा गर्न पाउनेछन् ।

यस चलचित्रका निर्देशक मिलन चाम्स हुन् । निर्माता पनि उनी स्वयम हुन् । उमेश र कविताका अलावा चलचित्रमा विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणा लगायतका कलाकारको अभिनय छ ।

नर्वेमा बसेर इन्जिनियरिङ पेशामा आवद्ध उमेश र होस्टेल म्यानेजरको रुपमा काम गर्दै आएकी कविताको प्रेमकथालाई संचारकर्मी नरेश भट्टराइले लेखेका हुन् ।

चाम्स इन्टरटेन्मेन्ट र लण्डन आइ इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको ‘बोबी’ मा ताराप्रकाश लिम्बुको संगीत, नवराजकृष्णको छायांकन, अर्जुन जीसीको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu