सुपरस्टार रजनीकान्त अभिनीत चलचित्र ‘काला’ साउदी अरबमा रिलिज हुने पहिलो भारतीय चलचित्र बनेको छ । सन् १९८० पछि साउदीमा सिनेमा घर बन्द गरिएको थियो ।
यो ब्यान्ड अप्रिलमा हटाइएको थियो र अमेरिकन चलचित्र ‘ब्ल्याक पेनथर’ ३५ वर्षपछि रिलिज हुने पहिलो फिल्म बनेको थियो ।
‘काला’ को रिलिज पहिले जुन प्रकारको क्रेज थियो, त्यो आँकडामा बदल्न सकेको देखिन्न । चलचित्रको कारोबार केही राज्यमा औसतभन्दा पनि कम छ ।
कर्नाटकमा चलचित्रको विरोध हुनु र बढीजसो राज्यमा रिलिज नहुनुको असर बक्सअफिसमा स्पष्ट देखिएको छ । ‘काला’ ले पहिलो दिन आन्ध्र प्रदेश र तेलंगानामा मात्र ६.५ करोडको करोबार गरेको छ । जुन औसतभन्दा पनि कम हो ।
यसअघि यी राज्यमा रजनीकान्तका चलचित्रले सानदार कलेक्सन गरेका थिए । तर, चलचित्रलाई चेन्नईमा निकै राम्रो रेस्पोन्स मिलेको छ । पहिलो दिन चलचित्रले १.७८ करोडको कमाई गरेको छ ।
यो चेन्नई बक्सअफिसमा पहिलो दिन अहिलेसम्मकै सबैभन्दा बढी कलेक्सन गर्ने चलचित्र बनेको छ । तमिलनाडुमा लगभग सबै ठूला थिएटर्समा चलचित्र प्रदर्शन भएको छ । कर्नाटकमा यो चलचित्र १६० मध्ये मात्र दुई दर्जन सिनेमा हलमा प्रदर्शन भएको छ ।
रजनीकान्तको ‘काला’ लाई पीए रन्जीतले निर्देशन गरेका हुन् । नाना पाटेकर, हुमा कुरैशी र एस्वरी राव पनि पनि यस चलचित्रमा लिड रोल छ ।