फ्राईडे रिलिज अन्तर्गत यस हप्ताका लागि कलाकार वुद्दि तामाङ स्टारर दुई चलचित्र ‘चङ्गा’ र ‘मट्टिमाला’ एकसाथ प्रदर्शनमा आएका छन् ।
‘चङ्गा’ लाई हास्यकलाकार किशोर भण्डारी (डिट्ठा साब) ले निर्देशन गरेका हुन् । चलचित्रमा वुद्दिका अलावा अंकित खड्का, लक्ष्मी वर्देवा, कमलमणी नेपाल, राजन खतिवडा, जीवन भट्टराई लगायतका कलाकारहरुको अभिनय छ ।
हाँस्य जनराको चलचित्रले पारिवारिक तथा सामाजिक कथा बोल्छ । चलचित्रको कथा निर्देशक आफैंले लेखेका हुन् । ‘चङ्गा’ लाई प्रतिकात्मक रुपमा देखाउन खोजिएको चलचित्रमा पैसाको समस्यापछि एक ग्रामिण भेगको युवकको जीवनमा आउने उतार-चढावलाई जोडिएको छ ।
रविन आचार्यले खिचेको चलचित्रमा राजनराज शिवाकोटी र कमल खत्रीको संगीत छ । कार्यकारी निर्माता प्रकु पाण्डे रहेको चलचित्रकी निर्मात्री रेश्मा तिमल्सिना हुन् ।
यस्तै, ‘मट्टिमाला’ लाई टेक पौरखी राईले निर्देशन गरेका हुन् । यसमा वुद्दिका अलावा रजनी गुरुङ (मङ्गली), चिरन राई, पृथ्वि राईलगायतका कलाकारहरुको अभिनय छ ।