‘ड्रिम गर्ल’ को रोमान्टिक गीत सार्वजनिक (भिडियो)



अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री आश्मा गिरी स्टारर चलचित्र ‘ड्रिम गर्ल’ को रोमान्टिक गीत सार्वजनिक भएको छ । ‘तिम्रो मायामा’ बोलको गीतले प्रेमभाव बोल्छ ।

भिडियोमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री आश्मा गिरी फिचर छन् । रारा तालसँगै थाइल्याण्डको समुन्द्र आसपास खिचिएको गीतमा आकाश र आश्माको जोडी कमालको देखिएको छ । अञ्जु पन्त र सुरेश लामाको स्वर रहेको गीतमा अर्जुन पोखरेलको शब्द र अम्बिका शर्माको शब्द रहेको छ ।

निर्देशक ऋषिराज आचार्य निर्देशित प्रेमकथानक चलचित्र ‘ड्रिम गर्ल’ मा विल्सन विक्रम राई, सरोज खनाल, अर्जुन श्रेष्ठ, शिशिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा, लक्ष्मी गिरी,रश्मी भट्ट, सुरवीर पण्डितलगायतले पनि अभिनय गरेका छन् ।

आरबि मुभीजको ब्यानरमा बनेको चलचित्रको निर्मातामा निर्देशक ऋषिराज, अर्जुन शर्मा र रामेश्वर घिताल छन । यो चलचित्र काठमाडौ, मुस्ताङ तथा थाइल्याण्डका बिभिन्न स्थानमा खिचिएको हो ।

यस चलचित्रको सह-निर्मातामा दक्षिण भारतको रिल एण्ड रियल सिनेमा कम्पनी छ । राहुल राईले खिचेको चलचित्रमा अर्जुन पोखरेलको संगीत र गम्भीर बिष्टको कोरियोग्राफी छ । चलचित्र नवीन निरौलाले सम्पादन गरेका हुन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu