२९ दिनमा सकियो रेखाको ‘मालिका’ सुटिङ



आउँदो तिहारलाई प्रदर्शन मिति घोषणा गरिएको अभिनेत्री रेखा थापा अभिनीत तथा निर्देशित चलचित्र ‘मालिका’ को सम्पूर्ण छायांकन सकिएको छ । सुरु गरेको २९ दिनमा चलचित्रको सम्पूर्ण सुटिङ सकिएको रेखाले बताइन् । सोमबार सुटिङ सकेर निर्माण टिम काठमाडौं फिरेको छ ।


रेखा आफ्नै निर्माण, निर्देशन तथा अभिनय रहेको यस चलचित्रमा जाजरकोटकी १४ वर्षीय बालिका कमला ओली मुख्य भूमिकामा प्रस्तुत भएकी छिन् । चलचित्रको छायांकन जाजरकोटसहित काठमाण्डौं, बनेपा, बाँकेलगायत क्षेत्रमा गरिएको छ ।


नर बहादुर कार्की निर्माता रहेको ‘मालिका’ को कथा पनि कार्कीकै हो । शिवम् अधिकारी चलचित्रका स्क्रिप्ट राइटर हुन् । यस्तै, चलचित्रमा रामशरण उप्रेतीको छायांकन र सुरेश अधिकारीको संगीत छ । कोरियोग्राफी रामजी लामिछानेले गरेका छन् ।


द्वन्द्व निर्देशन श्री श्रेष्ठको छ । यसमा निर्माताको रुपमा सरस्वती थापा र तारा थापा रहेका छन् । ‘मालिका’ बालविवाह अन्त्य र महिला शशक्तिकरणको विषयमा आधारित छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu