‘यो पागल मन’ ट्रेलरमा ऋचा र विनोदको प्रेम



अभिनेत्री ऋचा सिंह ठकुरी र अभिनेता विनोद न्यौपानेको प्रमुख भूमिका रहेको चलचित्र ‘यो पागल मन’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । प्रेम, विछोड र द्वन्द्वलाई ट्रेलरमा मुख्य स्थान दिइएको छ ।

असार २९ गतेबाट प्रदर्शनमा आउन लागेको कल्याण अधिकारी निर्देशित यस चलचित्रलाई बिरेन्द्र कुमार यादब र कल्याणले मिलेर निर्माण गरेका हुन् । राजेश ढुंगाना, गौरी मल्ल, मनिष भण्डारी, बिशाल श्रेष्ठ, एनी कुँवरलगायतका कलाकारहरुको पनि यो चलचित्रमा अभिनय छ ।


अर्जुन पोखरेलको संगीत रहेको चलचित्रलाई शम्भु सापकोटाले खिचेका हुन् । अनिल गौतमले यसमा सम्पादनको जिम्मेवारी सम्हालेका छन् ।

कमल राइको कोरियोग्राफी रहेको ‘यो पागल मन’ मा द्वन्द निर्देशन राजु किराँतीको रहेको छ भने सामिप्यराज तिमल्सिनाले पटकथा तथा संवाद लेखेका हुन् ।

ट्रेलर हेर्नुस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu