‘चङ्गा’ को स्याड भर्सन गीत सार्वजनिक (भिडियो)



जेठ २५ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको हास्यकलाकार किशोर भण्डारी (डिट्ठा साब) द्वारा निर्देशित चलचित्र ‘चङ्गा’ को स्याड भर्सन गीत सार्वजनिक भएको छ ।

‘मेरी आमा…’ बोलको गीतमा एक बन्धक बालकको आमा प्रेम देखाइएको छ । गीतमा कमल खत्रीको स्वर, शब्द र संगीत छ ।

‘चङ्गा’ मा वुद्दि तामाङ, अंकित खड्का, लक्ष्मी वर्देवा, कमलमणी नेपाल, राजन खतिवडा, जीवन भट्टराई लगायतका कलाकारहरुको अभिनय छ । हाँस्य जनराको चलचित्रले पारिवारिक तथा सामाजिक कथा बोल्छ ।

चलचित्रको कथा निर्देशक आफैंले लेखेका हुन् । ‘चङ्गा’ लाई प्रतिकात्मक रुपमा देखाउन खोजिएको चलचित्रमा पैसाको समस्यापछि एक ग्रामिण भेगको युवकको जीवनमा आउने उतार-चढावलाई जोडिएको छ ।

रविन आचार्यले खिचेको चलचित्रमा राजनराज शिवाकोटी र कमल खत्रीको संगीत छ । कार्यकारी निर्माता प्रकु पाण्डे रहेको चलचित्रकी निर्मात्री रेश्मा तिमल्सिना हुन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu