निर्देशक मिलन चाम्सले अभिनेता अनमोल केसीलाई लिएर निर्माण गर्न लागेको नयाँ चलचित्रको नाम ‘ब्याचलर बन्टी’ राखिएको छ । यो नाम आइतवार निर्माण टिमले चलचित्र विकास बोर्डमा दर्ता समेत गरेको छ ।
महँगो पारिश्रमिक लिएर अनुबन्ध भएका अनमोलका लागि यस चलचित्रमा नायिकाको छनौट भइसकेको छैन । ३ करोड बढीको लागतमा निर्माण हुने यो चलचित्रको छायांकन अधिकांश विदेशीभूमीमा हुनेछ ।
‘ब्याचलर बन्टी’ को कथा प्रदीप भारद्धाजले लेख्दैछन् । ‘ए मेरो हजुर ३’ रिलिजको ठिक ६ महिनापछि मात्र यो चलचित्र प्रदर्शनमा आउनेछ । उक्त चलचित्रलाई मिलन र ‘लिलिबिली’ निर्माता सुदिप खड्काले संयूक्त रुपमा निर्माण गर्नेछन् ।
अनमोल अहिले आफ्नो छैठौं चलचित्र ‘क्याप्टेन’ मा व्यस्त छन् । यसपछि उनले झरना थापाले निर्देशन गर्ने ‘ए मेरो हजुर ३’ को सुटिङ ज्वाइन गर्नेछन् र त्यस लगत्तै मिलनको यस चलचित्रलाई समय छुट्याउने तालिका छ ।