शंखर अधिकारीले निर्देशन गर्ने नयाँ चलचित्र ‘कस्मिक लभ’ मा अभिनेता द्वय प्रशान्त ताम्राकार, अर्पण थापा र अभिनेत्री दीया मास्के अनुबन्ध भएका छन् । जय गौतमले यो चलचित्र निर्माण गर्दैछन् ।
मुभी मेकर्सको ब्यानरमा निर्माण तथा सुरज प्रधानको प्रस्तुती रहने चलचित्रका लागि अन्य कलाकारको छनौट प्रक्रिया जारी रहेको निर्देशक अधिकारीले जानकारी दिए ।
असार १ गतेबाट छायांकन सुरु हुन लागेको ‘कस्मिक लभ’ लाई सुरेश बज्राचार्यले खिच्नेछन् । यस्तै, कोरियोग्राफीमा कविराज गहतराज र रामजी लामिछाने फाइनल भइसकेका छन् । शेखर ज्ञवालीको कथा रहेको चलचित्रमा बाबु साहेबको द्वन्द्व रहने छ ।