बजेट : आर्थिक वर्षबाट बक्स अफिस लागू गरिने



राजश्व संकलन गर्नका लागि सरकारले आगामी आर्थिक वर्षबाट बक्स अफिस प्रणाली (ई–टिकेटिङ सिस्टम) लागू गर्ने भएको छ ।

मंगलवार अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको ०७५/०७६ को बजेटमा चलचित्र व्यवसायमा लाग्ने मूल्य अभिवृद्वि कर, चलचित्र विकास शुल्कलगायतका राजश्व संकलन गर्न इलेक्ट्रोनिक टिकेटिङसहित चलचित्र वितरण र प्रदर्शन गर्न बक्स अफिस प्रणाली लागू गरिने बताइएको छ ।


बजेटमा सन्देशमूलक चलचित्रको प्रदर्शनीमा लाग्ने करमा सहुलियत दिइने पनि उल्लेख गरिएको छ । डा. खतिवडाद्वारा प्रस्तुत बजेटमा चलचित्र क्षेत्रमा विनियोजन गरिएको बजेट भने खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu