काठमाण्डौ। चलचित्र ‘चङ्गा चेट’को लागि छापिएका नक्कली नोटहरु विभिन्न स्थानमा भेटिन थालेका छन् । यसै क्रममा शुक्रबार काठमाण्डौको फर्पिङ्गमा पनि भेटिएको छ ।
एक हजार दरका दुईवटा नक्कली नोटसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको हो । ती नोटहरु ‘चङ्गा चेट’कै लागि छापिएको बताईएका नोटहरु रहेको बताईएको छ । प्रहरीले प्रहरी हिरासतमा रहेका निर्माता माधव वाग्लेकै समुहबाट छापिएका नोट आफुले पाएको पक्राउ परेका युवकले बताएको जनाएको छ ।
प्रहरीले जेठ २ गते २ करोड ६० लाख ६३ हजार नक्कली रुपैयाँ सहित माधव वाग्लेको साथमा अन्य पाँचजनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।