अभिनेता अनमोल केसीले ‘ए मेरो हजुर ३’ साइन गरेका छन् । शनिवार दिउँसो निर्देशक झरना थापा र निर्माता सुनिल कुमार थापाले उनलाई चलचित्रमा अनुवन्धित गरेका हुन् ।
यो चलचित्रबाट झरनाकी छोरी सुहानी थापाले डेब्यू गर्दैछिन् । यसमा अनमोल र सुहानीको जोडी बाँधिनेछ । झरनाले नै यो चलचित्रको निर्देशन गर्नेछिन् ।
अनमोल आफ्नो छैठौं चलचित्र ‘क्याप्टेन’ को छायांकन सकाएपछि भदौबाट ‘ए मेरो हजुर ३’ का लागि समय दिनेछन् । ३० लाख बढी पारिश्रमिकमा उनलाई यो चलचित्रमा अनुवन्धित गरेको खबर प्राप्त छ ।
यो चलचित्रलाई सञ्जय लामाले खिच्नेछन् । अहिले चलचित्रका लागि गीतसंगीत तयार पार्ने काम भइरहेको छ ।