‘बेबि आई लभ यू’ मा फरक प्रेम कहानी



जेठ १८ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तरखरमा रहेको चलचित्र ‘बेबि आई लभ यू’ फरक खालको प्रेम महशुस गराउने निर्देशक जनक पाण्डे दाबी गर्छन् । उनी भन्छन्, ‘यो चलचित्रले आदर्श प्रेम सिकाउँछ । मायालाई शब्दमा मात्र सिमित राख्नु हुन्न भन्ने बुझाउँछ ।’

चलचित्रमा समरको भूमिका निर्वाहा गरेका नव-नायक सन्तोष खड्गीले ‘बेबि आई लभ यू’ मा फरक प्रेम कहानी प्रस्तुत गरिएको बताउँछन् । चलचित्रको वान लाइन स्टोरी समेत आफैंले लेखेका उनी भन्छन्, ‘समर र सायराको प्रेम फरक अन्दाजको छ । यसमा प्रेमको फरक-फरक रुप देखाइएको छ । कथा नै यस्तो छ कि जो कोहीँको आँखा रसाउँछ ।’ उनले सेटमा संवाद बोल्दै गर्दा धेरै पटक भक्कानिएको पनि सम्झिए ।

सन्तोषले चलचित्रको केही पाटो आफ्नो जीवनसँग मेल खाने पनि खुलाए । यस्तै, पर्दाकी सायरा उर्फ नव-नायिका पूजा तिवारीले ‘बेबि आई लभ यू’ ले दर्शकलाई निराश नबनाउने बताइन् ।

उनी भन्छिन्, ‘यो चलचित्र एकपटक मात्र हेरेर अघाउन्न । चलचित्रले मायाको परिभाषा बुझ्न मद्दत गर्नेछ । एकपटक प्रेम बुझ्न भएपनि हलसम्म जान आग्रह गर्छु ।’ उनले समर र सायराको जोडीलाई दर्शकले अर्को चलचित्रमा पनि हेर्ने इच्छा व्यक्त गर्ने बताइन् ।

सन्तोष र पूजासँगै यसमा सरोज खनाल, निर्मल शर्मा, राजु कमेडी, रेशम बुढाथोकी, अप्सन पन्थीलगायतको पनि अभिनय छ ।

लिची इन्टरटेन्मेन्ट प्रा.लि.को ब्यानरमा शिव न्यौपाने निर्मित उक्त चलचित्रमा सिर्जना परियार र दुर्गा पाण्डे सह–निर्मातामा रहेका छन् । यो चलचित्र सुरज आचार्यले खिचेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu