नेपाल प्रदर्शनमा दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाएको नेपाली चलचित्र ‘ब्लाइन्ड रक्स’ विदेशका विभिन्न देशहरुमा प्रदर्शन हुने भएको छ ।
यसका निर्माता निकेश लिम्बुका अनुसार, यो चलचित्र २६ मेमा अमेरिका, ९ जूनमा यूके तथा क्यानडा र १६ र १७ जूनमा सिङ्गापुरमा प्रदर्शन हुँदैछ । यस्तै, अन्य विभिन्न देशहरुमा पनि हल बुकिङको पखाईमा रहेको निर्माता लिम्बुले जानकारी दिए ।
यो चलचित्र दृष्टिविहीन युवती सृष्टि केसीको जीवनमा आधारित भएर निर्माण भएको हो । चलचित्रका निर्देशक मिलन चाम्स हुन् । चलचित्रमा बेनिशा हमाल, अर्पण थापा, गौरी मल्ल, अनिल शाह, बसन्त भट्टको मुख्य भूमिका छ ।