ठुलोपर्दा डटकम, काठमाण्डौ। यतिबेला विश्वव्यापी राज गरेको वलिउड चलचित्रले नेपालमा पनि आफ्नो दब्दबा बनाउदै छ। नेपाली चलचित्र भन्दा हिन्दीलाई विश्वास गर्ने नेपाली युवा पिढीलाई आफ्नो काबुमा पार्न नेपाली चलचित्रलाई गाह्रो परिरहेको छ। चलचित्रकर्मीको आर्थीक अभाव देखी लिएर श्रृजनाको चोरी-चकारी तथा अल्छिपनाले नेपाली चलचित्रलाई घात भईरहेको छ।
छिटो-छिटो विकास भईरहेको वलिउडको चासो नेपाली चलचित्रमा यदाकदा भेटिन्छ। नेपाली चलचित्रले एक उचाई लिने हो भने आफ्नो प्रभाव नेपालमा कम हुने डर पनि वलिउडलाई छ। पचास बर्ष पार गरेको नेपाली चलचित्रले खास उचाई लिने गतीमा अघि बढेको भने छैन। यसैबीच भारतिय स्टार नायक नसरुद्दिन शाहले भने आगामी पचास बर्ष भित्र नेपाली चलचित्रले ठुलै उचाई लिने विश्वास गरेका छन्।
वलिउडको भबिष्य देखि खुशी रहेको बताउँदै शाहले नेपाल, पाकिस्तान, बंगलादेश र श्रीलंकाका सिनेमाले आगामी पचास बर्षमा निकै उचाई लिने बताएका हुन् । यि देशको भूगोल र राजनीतिक सम्बन्ध भन्दा बढि महत्वपूर्ण कलाको सम्बन्ध रहेको उनको बुझाई छ। प्रेस जर्नलको अन्तक्रियामा बोल्दै शाहले छिमेकी देशहरुलाई राजनीतिक रुपमा मात्रै नहेरी कलाले गाँस्न आग्रह पनि गरेका थिए।