बलिउड अभिनेता अर्जुन कपूरको नयाँ चलचित्रको छायांकन फेरि नेपालमा हुने भएको छ । यसअघि उनी अभिनीत चलचित्र ‘सन्दीप और पिंकी फरार’ नेपाल र भारत सीमावर्ती क्षेत्रमा खिचिएको थियो ।
अब उनी राजकुमार गुप्ताले निर्देशन गर्ने चलचित्र ‘इन्डियाज मोस्ट वान्टेड’ को सुटिङका लागि नेपाल आउने भएका छन् । निर्देशक गुप्ताले आफ्नो महत्वाकांक्षी यो प्रोजेक्टको छायांकन अगस्टबाट सुरु गर्दैछन् । ‘इन्डियाज मोस्ट वान्टेड’ नेपाल र भारतमा खिचिनेछ ।
यो भारतको मोस्ट वान्टेडको कहानीबाट प्रेरित छ जसले एक गोली समेत चलाएका थिएनन् । अर्जुनले यसमा एक इन्टिलिजेन्स अफिसरको भूमिका निर्वाहा गर्दैछन् । निर्देशक गुप्ताले फक्स स्टार स्टूडियोजसँगको सहकार्यमा यो चलचित्र निर्माण गर्दैछन् ।
राजकुमार गुप्ताले यसअघि ‘रेड’, ‘आमिर’, ‘घनचक्कर’ र ‘नो वन किल्ड जेसिका’ जस्ता चलचित्र बनाइसकेका छन् । अर्जुन कपूर पहिलो पटक चलचित्र ‘मुबारका’ मा डबल रोल गर्दै देखिएका थिए । उनको चलचित्र ‘सन्दीप और पिंकी फरार’ र ‘नमस्ते लण्डन’ पर्दामा रिलिज हुन बाँकी छ ।