हलमा लाग्यो ‘हैरान’, उठाउला सोलो रिलिजको फाइदा ?



हरेक हप्ताको शुक्रवार दुई वा दुईभन्दा बढी चलचित्र प्रदर्शन हुँदै आइरहेका हुन्छन् । यस हप्ताको शुक्रवार भने चलचित्र ‘हैरान’ ले सोलो रिलिजको अवसर पाएको छ ।

‘हैरान’ सँग भिड्न तयार भएको विपिन कार्की स्टारर चलचित्र ‘हरी’ को रिलिज पोस्टपोन्ड भएपछि यो चलचित्रले एकल प्रदर्शनको अवसर पाएको हो । यो चलचित्रले देशभर करीब ८० हल पाएको छ ।

विश्वकै कान्छा निर्देशक सौगात विष्ट निर्देशित यस चलचित्रमा सत्यराज आचार्य, गजित विष्ट, मोहमदवसिम राजा, सागर लम्साल, निश्मा घिमिरे, सरोज खनाल, बुद्धि तामाङ, पुष्कर रेग्मी, एन्जल राई, आरोही शर्मा लगायतको अभिनय छ ।

डान्स फेभरको ब्यानरमा निर्मित ‘हैरान’ मा मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर वाई एल लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन् । चलचित्रमा कथा तथा कोरियोग्राफी गम्भीर बिस्ट, द्वन्द चन्द्र पन्त, संगीत सत्यराज आचार्य, स्वरूपराज आचार्य, किरण कँडेल, राजन इशान र सन्तोष श्रेष्ठको रहेको छ

चलचित्रको डीओपी नवराज उप्रेती र छायाँकार निरज कँडेल रहेका छन् भने मित श्रेष्ठको मिक्सिङ र ब्याक ग्राउण्ड स्कोर, अनन्त घिमिरेको कलर र भीएफएक्स, प्रितम पाण्डेको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu