‘डमरुको डण्डीबियो’ को जापान राईट्स ७ लाखमा बिक्री



शुक्रवारबाट तेस्रो हप्तामा प्रदर्शन सुरु गर्न लागेको खभिनेता खगेन्द्र लामिछाने अभिनीत चलचित्र ‘डमरुको डण्डीबियो’ को जापान राईट्स ७ लाखमा बिक्री भएको छ ।

बुधवार सेभेन समुराई इन्टरनेशनलका प्रतिनिधि राजु लामा र समृद्धी इन्टरटेनमेन्टका प्रतिनिधि अर्थात् फिल्मका निर्माता बिनोद गुरुङले जापान राईट्सको सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सेभेन समुराईका एमडी रेशमकुमार डंगोल हुन् ।

यस चलचित्रको कथा खगेन्द्र आफैंले लेखेका हुन् । उक्त चलचित्रका निर्देशक छेतेन गुरुङ हुन् । अनुप बराल, अशान्त शर्मा, मेनुका प्रधान, वुद्धि तामाङ, लक्ष्मी बर्देवा, मिश्री थापा, नमिता घिसिङ, इंगि होपू कोइंच सुनुवार, अंकित खड्का लगायतका कलाकारहरुको चलचित्रमा अभिनय छ ।

समृद्धि इन्टरटेन्मेन्टको ब्यानरमा विनोद गुरुङ र नोर्बु छिरिङ घलेको लगानीमा निर्माण भएको ‘डमरुको डण्डीबियो’ मा खगेन्द्रले एक डण्डीबियो खेलाडीको भूमिका निर्वाहा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu