जेठ ४ गते चलचित्र ‘हैरान’ ले सोलो रिलिजको मौका पाउने भएको छ । यस मितिमा आउने भनिएका केही फिल्मको रिलिज पोस्टपोन्ड भएपछि यो चलचित्र एकल रिलिज हुन लागेको हो ।
यससँगै चलचित्र ‘हैरान’ को ‘दाग छैन अब जूनमा पनि’ बोलको गीत सार्वजनिक भएको छ । गीतमामा चन्द्रमणि भट्टराईको शब्द, किरण कँडेलको संगीत र युबराज चौलागाई, इन्दिरा जोशी र अभिनेत्री निश्मा घिमिरेको स्वर रहेको छ ।
निश्मा र गजित विष्ट फिचर्ड गीतमा गम्भीर विष्टको कोरियोग्राफी रहेको छ । यस चलचित्रलाई कमेडी र एक्सन जनरमा तयार पारिएको छ ।
विश्वकै कान्छा निर्देशक सौगात विष्ट निर्देशित चलचित्रमा सत्यराज आचार्य, गजित विष्ट, मोहमदवसिम राजा, सागर लम्साल, निश्मा घिमिरे, सरोज खनाल, बुद्धि तामाङ, पुष्कर रेग्मी, एन्जल राई, आरोही शर्मा लगायतको अभिनय छ ।
डान्स फेभरको ब्यानरमा निर्मित ‘हैरान’ मा मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर वाई एल लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन् । चलचित्रमा कथा तथा कोरियोग्राफी गम्भीर बिस्ट, द्वन्द चन्द्र पन्त, संगीत सत्यराज आचार्य, स्वरूपराज आचार्य, किरण कँडेल, राजन इशान र सन्तोष श्रेष्ठको रहेको छ
चलचित्रको डीओपी नवराज उप्रेती र छायाँकार निरज कँडेल रहेका छन् भने मित श्रेष्ठको मिक्सिङ र ब्याक ग्राउण्ड स्कोर, अनन्त घिमिरेको कलर र भीएफएक्स, प्रितम पाण्डेको सम्पादन रहेको छ ।