‘एउटा यस्तो प्रेम कहानी’ बाट शिवका छोरा र करिश्माकी छोरीको डेब्यु (टीजर)



अभिनेता शिव श्रेष्ठ प्रस्तुतकर्ता रहेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ को एक्सनले भरिपूर्ण टीजर सार्वजनिक भएको छ । मंगलवार राजधानीको क्यूज सिनेमा हलमा एक कार्यक्रमका बीच यस चलचित्रको टीजर सार्वजनिक गरिएको हो ।

टीजरमा अभिनेता द्वय आयुष्मान देशराज जोशी र संजोग राणा तथा अभिनेत्री द्वय प्रियंका कार्की र वर्षा राउतलाई विशेष फोकस गरिएको छ । अभिनेता शिव श्रेष्ठ पनि टीजरमा अटेका छन् ।

‘एउटा यस्तो प्रेम कहानी’ मा नरेन खड्का, बिष्णु चेम्जोंग, रेखा फागोलगायतका कलाकारहरुको पनि अभिनय छ । ‘मन्दिरा’ निर्देशक दिपेश सापकोटा यस चलचित्रका निर्देशक हुन् । ‘बागमती’ निर्माता द्वय यशोदा राई र दिनेश दर्शनधारीले शिवसँग मिलेर यस चलचित्रको निर्माण गर्दैछन् ।

टीजरसँगै निर्माण टिमले दुई नयाँ कलाकारलाई मिडियासँग भेट गराएको छ । यस चलचित्रबाट अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता मानन्धर र शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठले डेब्यु गर्दैछन् । टीजरमा भने यी दुई अटेका छैनन् ।

‘एउटा यस्तो प्रेम कहानी’ मा शक्ति र कविताको जोडी बाँधिएको छ । कार्यक्रममा उपस्थित करिश्माले छोरी कविताको डेब्युलाई लिएर आफू अचम्मित भएको बताउँछिन् । उनी भन्छिन्, ‘यो खुसी व्यक्त गर्ने मसँग कुनै शब्द छैन । म आफ्नै ब्यानरबाट कवितालाई लञ्च गर्ने तयारीमा थिएँ तर शिव दाईले उछिन्नु भयो । छोरीकोे डेब्युलाई लिएर निकै खुसी छु ।’

शिवले पनि छोराले फिल्ममा डेब्यु गर्न २५ वर्षदेखि प्रतिक्षा गरेको सुनाए । उनी भन्छन्, ‘शक्तिले धेरै पहिलादेखि फिल्ममा डेब्यु गर्ने इच्छा व्यक्त गरेको थियो । मैले पहिला अध्ययन सक्न सल्लाह दिएँ । अब बल्ल उसको इच्छा पूरा हुँदैछ ।’ शक्तिले आफ्नो पीताको ड्रिम प्रोजेक्टबाट डेब्यू गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको बताए ।

प्रदर्शन मिति तय नभएको यस चलचित्रमा करिश्माको पनि अभिनय रहने शिवले खुलाए । उनले उनको जोडीको विषयमा भने कुनै जानकारी दिन चाहेनन् । शिव भन्छन्, ‘हामी क्रमश एकपछि अर्को टीजर सार्वजनिक गर्दै दर्शकलाई सरप्राइज दिनेछौं । यो एक्सर टीजर भयो । अब लभस्टोरी टीजर चाँडै आउनेछ ।’

टीजर हेर्नुस् :-

Advt.
Advt.
प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu