सौगात भन्छन्, ‘लभ यू बाबा’ राम्रो लागे ‘हैरान’ हेर्न जानुस्’



‘लभ यू बाबा’ बाट विश्वकै कान्छा निर्देशनको रुपमा गिनिज वर्ल्ड रेकर्ड नाम लेखाएका निर्देशक सौगात विष्ट निर्देशित दोस्रो चलचित्र ‘हैरान’ यसै हप्ताको शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।

यसमा सत्यराज आचार्य, गजित विष्ट, मोहमदवसिम राजा, सागर लम्साल, निश्मा घिमिरे, सरोज खनाल, बुद्धि तामाङ, पुष्कर रेग्मी, एन्जल राई, आरोही शर्मा लगायतको अभिनय छ ।

निर्देशक सौगात आफू निर्देशित पहिलो चलचित्र ‘लभ यू बाबा’ युट्युबमा हेरेर राम्रो लागे मात्र ‘हैरान’ हेर्न हलमा जान आग्रह गर्छन् । उनी भन्छन्, ‘म ‘हैरान’ हेर्न जानुस् भन्दिनँ । पहिला लभ यू बाबा युट्युबमा हेर्नुस् । राम्रो लागे ‘हैरान’ हेर्नुस् नराम्रो लागे नहेर्नुस् । मेरो काम कस्तो छ यसबाटै मुल्यांकन गर्न सक्नुहुन्छ ।’ उनी ‘लभ यू बाबा’ लाई युट्युबमा अत्याधिक रुचाइएका कारण ‘हैरान’ ले दर्शकको साथ उत्साहजनक पाउनेमा निर्धक्क छन् ।

चलचित्रमा झण्डै १ दर्जन कलाकारहरुको लिड रोल छ । सबैलाई मिलाएर काम गर्न कति गाह्रो भयो ? भन्ने प्रश्नमा सौगात भन्छन्, ‘चलचित्रमा ११ जना लिड क्यारेक्टर हुनुहुन्छ । उहाँहरुलाई एउटै फ्रेममा राखेर काम गर्न थोरै हैरान भएन । यसैका कारण हामीले चलचित्रको नाम नै ‘हैरान’ राख्यौं ।’

उनले कलाकारले सुटिङको क्रममा हैरानी दिएको पनि सम्झिए । उनी थप्छन्, ‘पहिलो दिनदेखि नै कलाकारका कारण मैले खुब हैरानी खेपेँ । कोहीँ जाममा फस्ने, कोहीँ बिहानैदेखि पर्खेर बस्ने, कोहीँ बिहानै आएर फर्किने, कोहीँ फिर्ता गएको नआउने यस्ता धेरै कुराले चलचित्रको सुटिङ सकाउनै मुश्किल भयो । यसकारण चलचित्रको सुटिङ डेट पनि लम्बियो ।’

कलाकार शिशिर भण्डारीले ‘हैरान’ मा आफूले फरक भूमिका निर्वाहा गरेको बताए । उनी भन्छन्, ‘यसमा मेरो साइलेन्ट क्यारेक्टर छ । सिआईडी अफिसर्सको रोल निर्वाहा गरेको छु ।’ निर्देशक सौगातले शन्की अफिसर्सको पीडित असिस्टेन्सको भूमिका शिशिरले निर्वाहा गरेको खुलाए ।

चलचित्रमा पुरुष पात्रको बाहुल्यता छ । ट्रेलरमा समेत पुरुष पात्र नै बढी हाबी छन् । अभिनेत्री निश्मा घिमिरेलाई चेपुवामा पर्ने डर छ ? उनी भन्छिन्, ‘स्क्रिप्ट सुन्दा मेरो थोरै भूमिका जस्तो लागेको थियो । मैले निर्माण टिमसमक्ष गुनासो पनि पोखेकी थिएँ । तर चलचित्रमा समावेश चार गीतमा म आफू फिचर्ड हुने भएपछि चित्त बुझाएँ ।’

उनी विश्वकै कान्छा निर्देशकसँग दोस्रो पटक काम गर्न पाउँदा थप हर्षित भएको बताउँछिन् । यसअघि उनले सौगातको निर्देशनमा बनेको ‘लभ यू बाबा’ पनि अभिनय गरेकी थिइन् । ‘हैरान’ बाट चलचित्रमा डेब्यु गरेकी अभिनेत्री आरोही शर्मा आफ्नो डेब्यु यात्रा सफल हुनेमा आशावादी छिन् । यसमा उनले एक सिआईडी अफिसर्सको भूमिका निर्वाहा गरेकी छन् ।

चलचित्रमा सत्यराज आचार्य, गजित विष्ट, मोहमदवसिम राजा, सागर लम्साल, निश्मा घिमिरे, सरोज खनाल, बुद्धि तामाङ, पुष्कर रेग्मी, एन्जल राई, आरोही शर्मा लगायतको अभिनय छ ।

डान्स फेभरको ब्यानरमा निर्मित ‘हैरान’ मा मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर वाई एल लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन् । चलचित्रमा कथा तथा कोरियोग्राफी गम्भीर बिस्ट, द्वन्द चन्द्र पन्त, संगीत सत्यराज आचार्य, स्वरूपराज आचार्य, किरण कँडेल, राजन इशान र सन्तोष श्रेष्ठको रहेको छ ।

चलचित्रको डीओपी नवराज उप्रेती र छायाँकार निरज कँडेल रहेका छन् भने मित श्रेष्ठको मिक्सिङ र ब्याक ग्राउण्ड स्कोर, अनन्त घिमिरेको कलर र भीएफएक्स, प्रितम पाण्डेको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu