लभस्टोरी जनरामा निर्माण भएको चलचित्र ‘बेबी आई लभ यू’ लाई केन्द्रीय चलचित्र जाँच समितिले ‘पिजी’ सर्टिफिकेट प्रदान गरेको छ । अब १६ वर्ष भन्दा कम उमेरका दर्शकले यो चलचित्रलाई अभिभावकको साथमा हेर्नुपर्नेछ ।
चलचित्रमा समावेश केही लागु औषधका दृश्यका कारण सेन्सरले पिजी प्रमाण पत्र दिएको निर्माता शिव न्यौपानेले बताए । सेन्सरका सदस्यले भने चलचित्र रुचाएको उनको भनाई छ । यो चलचित्रको प्रदर्शन मिति जेठ १८ गतेलाई तय गरिएको छ ।
जनक पाण्डे निर्देशित यो चलचित्रमा सन्तोष खड्गी र पूजा तिवारीको मुख्य भूमिका रहेको छ । सन्तोष र पूजासँगै यसमा सरोज खनाल, निर्मल शर्मा, राजु कमेडी, रेशम बुढाथोकी, अप्सन पन्थीलगायतको अभिनय छ ।
सुरज आचार्यको सिनेम्याटोग्राफी रहेको चलचित्रको कथा अभिनेता खड्का आफैंले लेखेका हुन् । लिची इन्टरटेन्मेन्ट प्रा.लि.को ब्यानरमा निर्मित उक्त चलचित्रमा सिर्जना परियार र दुर्गा पाण्डे सह–निर्मातामा रहेका छन् ।