जेठ १८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘अमेरिका बोइज’ को कमेडी ट्रेलर सार्वजनिक भएको छ । आइतवार राजधानीमा एक कार्यक्रमका बीच कलाकार र निर्माण टिमको उपस्थितिमा ट्रेलर सार्वजनिक गरियो ।
काठमाडौंमा मस्ती गर्न घरमा अमेरिका जानका लागि ३ लाख रुपैयाँ मगाएर खाडी मुलुक गएका तीन युवाको कथा यस चलचित्रले बोल्छ । ट्रेलरमा पानलाई भिलेन भनिएको छ ।
प्रवेश पौडेलको निर्देशनमा तयार भएको यस चलचित्रमा अर्पण थापा, कामेश्वर चौसारिया, सन्दिप क्षेत्री, सुनिल थापा, हरिहर शर्मा, अभय बराल, आशिष प्रसाई, श्रृष्टी कार्की, सारदा गिरी, रश्मि भट्ट, रमा थपलियालगायतको अभिनय छ ।
प्रकाश भुजेल र इन्द्र प्रसाद खरेल निर्माता रहेको चलचित्रको लागत दुई करोड रहेको बताइएको छ । समिर खरेल चलचित्रका कार्यकारी निर्माता हुन् । अनुप थापा, यमुना खरेल र राज केसी सह-निर्मातामा रहेका छन् ।