‘सुनकेसरी’ हेर्दा दर्शक तर्सेलान् ?



नेपालमा हरर जनरमा निकै कम चलचित्र बन्ने गर्छ । किनकी यस किसिमको चलचित्र हेर्ने दर्शकको संख्या निकै कम छ । नेपालमा ‘झिग्राना’, ‘माला’, ‘एक दिन एक रात’, ‘आवरण’, ‘पाउजु’ जस्ता हरर चलचित्र निर्माण भइसकेका छन् । तर, यी कुनै पनि व्यवसायिक रुपमा सफल भएनन् ।

यसैबीच जेठ ११ गतेबाट भर्सटायल अभिनेत्री ऋचा शर्मा निर्मित तथा अभिनित हरर चलचित्र ‘सुनकेसरी’ प्रदर्शनमा आउँदैछ । २ करोडमाथीको लगानीमा अष्ट्रेलियामा खिचिएको चलचित्रको ट्रेलर सार्वजनिक भइसकेको छ ।

चलचित्रको ट्रेलरले ब्यापारको केही सम्भावना भने देखाएको छ । हलिउड र बलिउडका डरलाग्दा हरर चलचित्र हेरेका नेपाली दर्शकलाई ‘सुनकेसरी’ ले हलमा बाँधेर राख्न सक्छ वा सक्दैन यो महत्वपूर्ण कुरा हो ।


अभिनेत्री ऋचा फिल्मले दर्शक तर्साए पनि दर्शकले आफूलाई नतर्साउनेमा ढुक्क छिन् । ‘मैले कुनै पनि कुरामा सम्झौता नगरिकन अन्तर्राष्ट्रिय स्तरको चलचित्र बनाएकी छु,’ उनी भन्छिन्, ‘सफल हुनेमा आशावादी छु ।’

यस चलचित्रका निर्देशक अर्पण थापा हुन् । पछिल्लो समय नेपालमा कमेडी र लभस्टोरी चलचित्रहरुको बाहुल्यता छ । यसकारण ऋचाको हरर चलचित्रले कति दर्शक बटुल्न सफल हुने हो यसै भन्न सकिँदैन ।

यस चलचित्रमा ऋचाका अलावा भीम न्यौपाने, रबिन्द्र झा, सुनिल पराजुली, तमन्ना शर्मालगायतका कलाकारहरुको अभिनय छ । ऋचाले अष्ट्रेलियामा बस्दै आएका भीम न्यौपानेसँगको सहकार्यमा यो चलचित्र निर्माण गरेकी हुन् ।

उक्त चलचित्रमा अष्ट्रेलियन दरबार बुटिक होटलका पहिलो पाहुना र भुतप्रेतबीचको गतिविधीलाई मुख्य कथा बनाइएको छ । चलचित्रमा शर्मिला सापकोटा र धर्मराज अधिकारी सह(निर्माताको रुपमा छन् भने कार्यकारी निर्माताको रुपमा मनोज अधिकारी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu