अब वर्षमा दुई फिल्म गर्ने खगेन्द्रको तयारी



अभिनेता खगेन्द्र लामिछाने अभिनीत नयाँ चलचित्र ‘डमरुको डण्डीबियो’ अहिले सिनेमा घरहरुमा चलिरहेको छ । हरेक वर्ष एउटा मात्र चलचित्र लिएर दर्शकमाझ आउने उनले अब भने वर्षमा २ वटासम्म चलचित्र गर्ने सोच बनाएका छन् ।

के पैसामुखी बन्दैछन् खगेन्द्र ? केही दिन अगाडि चलचित्र ‘गोपी’ को घोषणा सभामा उनले एउटा कलाकारले एकै वर्षमा दुई वा तीनवटा चलचित्रको सुटिङ गरेर फरक नपरे पनि रिलिज लगातार भएको खण्डमा भने गाह्रो हुने बताए ।

उनी भन्छन्, ‘नेपालको सन्दर्भमा एउटा कलाकारले वर्षमा एउटा मात्र चलचित्र गरेर जीवन चलाउन गाह्रो हुँदो रहेछ । बलिउडमा एउटा चलचित्र गरेर करोडौं पाउने भए पो २/३ वर्षमा एउटा फिल्म गरौँ भन्ने हुन्छ । नेपालमा वर्षमा एउटा चलचित्र गरेर जीवन चलाउनै गाह्रो हुने भएपछि वर्षमा दुईवटा चाहिँ गरौँ भन्ने लागेको छ ।’


उनका अनुसार, ‘गोपी’ चलचित्र ‘जय भोले’ रिलिजको ६ महिनापछि मात्र रिलिज गर्ने सहमती भएको छ । के उसो भए अब फिल्मको संख्या बढाउँदै हुनुहुन्छ ? पत्रकारको प्रश्नमा उनी जवाफ दिन्छन्, ‘संख्या बढाउने भन्ने त होइन । अभिनेताका लागि फिल्मको अफर आउनु सुखद कुरा हो । ‘गोपी’ चलचित्र त्यस्तै थियो । कथा सुनेपछि मैले छाड्नै सकिनँ ।’

उनले राम्रो स्क्रिप्ट पाएर पनि छाडे आफ्नो कलाकारितालाई पनि न्याय नहुने तर्क राख्छन् । चलचित्र ‘गोपी’ मा उनको जोडीको रुपमा अभिनेत्री सुरक्षा पन्त छिन् । दीपेन्द्र लामाले यसलाई निर्देशन गर्दैछन् । उक्त चलचित्रको छायांकन भदौ १ गतेबाट सुरु हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu