कांग्रेस नेताले हेरे ‘डमरुको डण्डीबियो’



पूर्व राष्ट्रिय खेल डण्डीबियोको कथामा बनेको चलचित्र ‘डमरुको डण्डीबियो’ हेर्न कांग्रेसका दुई नेता हल पुगेका छन् । आइतवार साँझ ठमेलमा रहेको छायाँ सेन्टर पुगेर कांग्रेसका महामन्त्री डा. शशांक कोइराला र केन्द्रीय सदस्य तथा पूर्व सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले फिल्म हरेका छन् ।

फिल्म हेरेर निस्कँदै गर्दा नेता कोइरालाले आफू पुनः डण्डीबियोलाई राष्ट्रिय खेल बनाउन पहल गर्ने आश्वासन दिए । उनी भन्छन्, ‘बाल्यकालमा विराटनगरमा खेलिएको सम्झना ताजा गरायो । यस चलचित्रले गर्दा डण्डीबियोको महत्व पक्कै बढेको छ ।’

यस्तै, डा. रिजालले पनि चलचित्रले राम्रो विषय उठान गरेको बताए । ‘डण्डीबियोको विषय भएपनि चलचित्र निकै रमाइलो बनेको छ । यस किसिमको विषयवस्तुलाई रोज्ने निर्माण टिमलार्इ धन्यवाद दिन चाहन्छुु’, रिजालले भने ।

घले गाउँ र काठमाडौंमा खिचिएको यस चलचित्रले शहरमा बसेर पढेको एक युवक डण्डीबियोलाई पूर्नस्थापित गर्न गाउँ पसेको कथा बोल्छ । यो चलचित्रमा खगेन्द्र लामिछाने, मेनुका प्रधान, अनुप बराल, आशान्त शर्मा, अंकित खड्का, लक्ष्मी बर्देवा, बुद्धि तामाङ, इंगी होपो सुनुवारलगायतका कलाकारको लिड रोल छ ।

खगेन्द्रले ‘डमरुको डण्डीबियो’ मा एक डण्डीबियो खेलाडीको भूमिका निर्वाहा गरेका छन् । उनकै को लेखन रहेको यस चलचित्रका निर्देशक छेतेन गुरुङ हुन् । यसअघि उनले ‘नोभेम्बर रेन’, ‘क्लासिक’, ‘डायरी’ जस्ता चलचित्रको कथा र संवाद लेखिसकेका छन् ।

समृद्धि इन्टरटेन्मेन्टको ब्यानरमा विनोद गुरुङ र नोर्बु छिरिङ घलेले ‘डमरुको डण्डीबियो’ निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu