छायांकनको बेलादेखि नै निकै चचाृमा रहेको चलचित्र हो ‘रेस ३’ । यससमा बलिउड सुपरस्टार सलमान खान प्रमुख भूमिकामा छन् । यो चलचित्र यस वर्ष प्रदर्शनमा आउन लागेका ठूला चलचित्रको लिस्टमा सामेल छ ।
यसको कारण यस चलचित्रमा सलमान हुनुको साथसाथै फिल्ममा जोडिएका अन्य कलाकार पनि हुन् ।
‘रेस ३’ मा सलमानका अलावा ज्याकलीन फर्नान्डिज, डेजी शाह, बोबी देओल, साकिब सलीम र अनिल कपूर जस्ता स्टार्स देखिँदैछन् । यस चलचित्रले प्रदर्शन अगावै १९० करोडको कमाई गरेको छ ।
मिडियाको खबरलाई आधार मान्ने हो भने ‘रेस ३’ का प्रोड्यूसर रमेश तौरानीले यस चलचित्रको थिएट्रिकल राइट्स इरोज इन्टरनेशनललाई १९० करोडमा बेचेका छन् । यो सलमानको पहिलो चलचित्र हो जसको थिएट्रिकल राइट्स सबैभन्दा महँगो मूल्यमा विक्रि भएको छ ।
यसअघि उनको चलचित्र ‘टाइगर जिन्दा हे’ को थिएट्रिकल राइट्स १३० करोडमा बेचिएको थियो र चलचित्रले बक्सअफिसमा ३३० करोडको कारोबार गरेको थियो ।
रमेश तौरानीले ‘रेस ३’ को राइट्स बेच्नका लागि यश राज फिल्म, एनएच स्टूडियो, फोक्स स्टार स्टूडियो जस्ता ठूला स्टूडियोजलाई अप्रोज गरेका थिए तर अन्ततः इरोज इन्टरनेशनल स्टूडियोले चलचित्रको राइट्स १९० करोडमा किनेको छ ।
रेमो डीसूजाको निर्देशनमा बनेको यो चलचित्र यस वर्षको ईदमा रिलिज हुँदैछ ।