साउथका सुपरस्टार रजनीकान्त यस वर्ष दुई चलचित्रमा देखिँदैछन् । उनका फ्यानका लागि चलचित्र ‘काला’ र ‘२.०’ को व्यग्र प्रतिक्षा छ ।
यी दुबै चलचित्र लामो समयदेखि अड्किएर बसेका छन् । खबरअनुसार, यी दुई चलचित्र रिलिजसँगै रजनीकान्त एक अर्को चलचित्र साइन गर्दैछन् । डायरेक्टर कार्तिक सुभराजको नयाँ चलचित्रमा उनको लिड रोल रहने पक्का भएको छ ।
कार्तिकको नयाँ चलचित्रमा रजनीकान्तका अलावा विजय सतपथी पनि देखिँदैछन् । यसमा उनले खलनायकको भूमिका निर्वाहा गर्दैछन् ।
रजनीकान्तले आफ्नो यस चलचित्रका लागि ४० दिन सुटिङ गर्नेछन् । ४० दिन सुटिङ गरेको कार्तिक उनलाई भारु ६५ करोड अर्थात् नेपाली १०४ करोड दिँदैछन् ।