‘गोपी’ मा खगेन्द्र र सुरक्षाको जोडी



यसअघि चलचित्र ‘धनपति’ मा स्कृन शेयर गरेका अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री सुरक्षा पन्तले पुनः एकपटक सँगै काम गर्ने भएका छन् । बुधवार यो जोडीको प्रमुख भूमिका रहने चलचित्र ‘गोपी’ को औपचारिक निर्माण घोषणा गरिएको छ ।

यसलाई ‘घामपानी’ फेम निर्देशक दीपेन्द्र लामाले निर्देशन गर्दैछन् । कथा पनि उनकै हो । सोहि कथालाई सामिप्यराज तिमल्सेनाले पटकथामा ढालेका छन् ।

भदौ १ गतेबाट छायांकन सुरु हुने चलचित्रले नीजि व्यवसाय गर्ने क्रममा आइपर्ने पारिवारिक, सामाजिक र नीतिगत अड्चनका वावजुत सफलता हात पार्ने एक युवाको कथा बोल्नेछ । यसमा खगेन्द्र र सुरक्षाका अलावा अंकित खड्का र प्रकाश घिमिरेको पनि अभिनय रहनेछ । अन्य कलाकार छनौट हुन बाँकी रहेको निर्देशक लामाले जानकारी दिए ।


घोषणा सभामा बोल्दै अभिनेता लामिछानेले आफूलाई कथा उत्कृष्ट लागेका कारण चलचित्र नछाडेको बताए । उनी भन्छन्, ‘बधशाला’ पछि मैले आफ्नै कथामा मात्र चलचित्र गरेको थिएँ । मलाई सधै आफ्नै कथामा मात्र चलचित्र गर्ने भनेर आरोप लाग्थ्यो । सायद अब ‘गोपी’ बाट उक्त आरोप मैले खेप्नु पर्दैन ।’

आरोही केसी निर्माता रहेको चलचित्रमा सञ्चारकर्मी श्रीधर पौडेल कार्यकारी निर्माताको रुपमा रहेका छन् । निमेष श्रेष्ठको सम्पादन रहने ‘गोपी’ लाई शैलेन्द्र डि. कार्कीले खिच्नेछन् । काठमाडौं उपत्यका र केही दृश्य यसको तराईमा समेत खिचिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu