बलिउड सुपरस्टार आमिर खान चाँडै महाभारत जस्तो पौराणिक गाथामा चलचित्र बनाउँदैछन् । यो भारतको अहिलेसम्मकै सबैभन्दा महँगो पौराणिक चलचित्र हुने बताइएको छ ।
आमिर आफ्नो यस प्रोजेक्टमा ए-लिस्टर स्टारलाई साइन गर्ने तयारीमा छन् । खबरअनुसार, द्रोपदीको भूमिकाका लागि बलिउड अभिनेत्री दीपिका पादुकोणलाई साइन गर्ने उनको सोच छ ।
तर, ‘पद्मावत’ लाई लिएर भएको विवादपछि पुनः दीपिका यो माइथोलोजिकल क्यारेक्टर निर्वाहा गर्छिन् वा गर्दिनन् त्यो सबैका लागि चासोको विषय बनेको छ ।
आमिर खानको यो महाभारत बेस्ड ड्रामा चलचित्रलाई निर्माण गर्नका लागि हजार करोड खर्च लाग्ने बताइएको छ । यदी दीपिका पादुकोण यस चलचित्र गर्नका लागि राजी भएको खण्डमा यो पहिलो पटक हुनेछ जब दीपिका र आमिर एकसाथ कुनै चलचित्रमा देखिनेछन् ।