बलिउड अभिनेता शाहिद कपूरले साउथको सुपरहिट चलचित्र ‘अर्जुन रेड्डी’ को हिन्दी रिमेकमा काम गर्ने भएका छन् । यस चलचित्रका लागि उनीभन्दा अगाडि अर्जुन कपूरको नाम बाहिर आएको थियो ।
निर्माताले भने शाहिदलाई उक्त चलचित्रमा अनुवन्धित गरेका छन् । अचेल शाहिद आफ्नो नयाँ चलचित्र ‘बत्ती गुल मीटर चालू’ को छायांकनमा व्यस्त छन् । यो चलचित्रका उनको साथमा श्रद्धा कपूर र यामी गौतम लिड रोलमा छन् ।
तेलुगु चलचित्र ‘अर्जुन रेड्डी’ गएको वर्ष प्रदर्शनमा आएको थियो । एक मेडिकल छात्रको वरिपरि यो चलचित्र घुम्छ । चलचित्रमा विजय देवरकोन्डाले लिड रोल निभाएका थिए ।
चलचित्रको हिन्दी रिमेकको निर्माण अश्विन वर्डे र मुराद खेतानीले गर्दैछन् । अब शाहिदलाई फाइनल गरेपछि चलचित्रको तयारी सुरु गरिएको छ । यो चलचित्रको छायांकन भारत र अब्रोडमा हुनेछ ।