म लम्फूहरुलाई प्रयोग गर्ने लम्फू हुँ : सञ्जित भण्डारी



यही बैशाख २८ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको प्रतिक्षीत चलचित्र ‘लम्फू’ का अभिनेता हुन् सञ्जित भण्डारी । उनले यसमा चाँदनी शर्मा र तरकारीवाली नामले प्रख्यात कुशुम श्रेष्ठसँग रोमान्स गरेका छन् ।

उनी भन्छन्, ‘चलचित्रका तीन लम्फू मध्येको एक हुँ म । म सोझो खालको लम्फू हुँ तर लम्फूहरुलाई प्रयोग गर्ने लम्फूको भूमिकामा छु ।’ सञ्जित ‘लम्फू’ आफ्नो करिअरको कोशे ढुङ्गा सावित हुनेमा विश्वस्त छन् ।

उनी सलोन र कबिरको चुपेवामा नपर्नेमा पनि ढुक्क देखिन्छन् । उनी निर्धक्क भन्छन्, ‘काम नै कमजोर छ भने पो अरु कलाकारको चेपुवामा परिन्छ भन्ने डर हुन्छ । ‘लम्फू’ मा अभिनय गरेका हरेक कलाकारको भूमिका बलियो छ । कोही कसैको कारण ओझेलमा पर्दैनन् ।’

अभिनय सँग-सँगै उनलाई समाजसेवा गर्ने पनि ठूलो इच्छा रहेछ । उनले आफू ४२ वर्षको भएपछि एउटा वृद्धाआश्रम खोल्ने ठूलो सोच बनाएको बताए ।

‘जब म घर पुग्छु र खल्तीमा ५ रुपैयाँ भेटे भने म जम्मा गरेर राख्छु । यस्तो गर्न थालेको झण्डै ५ वर्ष भयो ।’ सञ्जित अगाडि भन्छन्, ‘गएको वर्षको मेरो जन्मदिनबाट भने १० रुपैयाँ राख्न थालेको छु । घरमा १० रुपैयाँभन्दा तलको नोट भयो भने खुत्रुकेमा राख्छु र पछि बैंकमा जम्मा गर्छु ।’

गोपालचन्द्र लामिछानेको निर्देशनमा तयार ‘लम्फू’ मा कबिर खड्का, मरिश्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई (बालकलाकार), आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुङ, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की, थमन सिंह पुर्जा लगायतको अभिनय रहेको छ ।

उक्त फिल्ममा ‘तरकारीवाली’ को नामले प्रख्यात कुशुम श्रेष्ठको पनि अभिनय रहेको छ । फिल्मले एक युवाको जीवनमा आईपर्ने अकल्पनिय घटनाहरु प्रस्तुत गर्छ । ‘लम्फू’ लाई पपुलर मल्टिमीडियाको लागि शक्तिबल्दभ घोरासैनीले निर्माण गरेका हुन् ।

फिल्ममा भूपतिको लेखन रहेको छ । दिपक बज्राचार्यको छायांकन रहेको यस फिल्मका सम्पादक हरि सिलवाल हुन् । पुनम गौतमले फिल्ममा कस्ट्युम डिजाईन गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu