गोपीकृष्ण हलमा सिंगल थिएटरको लागी इ-टिकेटिङ्ग परिक्षण



काठमाण्डौ। उपत्यकाका सिंगल थिएटरहरुमा बैशाख १ गतेबाट ईटोकेटिंग लागु गरिने भनिएता पनि बैशाख ३ गते मात्र एक हलमा परिक्षण भएको छ । चाबहिल स्थित गोपीकृष्ण मुभिजमा सोमबार परिक्षण गरिएको हो ।

परिक्षणपछि चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले केही दिनमै गोपीकृष्ण मुभिजमा सिनेमा हेर्न आउने दर्शकले इ टिकेटिङ सिष्टमबाट टिकट काट्न पाउने बताइन् । यो सँगै राजधानीका अन्य हलहरुमा सर्भर जडानको काम भईरहेको बताइएको छ ।

गोपीकृष्णसँगै कोटेश्वर जडिबुटीस्थित पुष्पाञ्जली हल, बौद्धस्थित सिद्दार्थ र पृथ्वीसँगै कलंकी सिनेमा हलमा बैशाख १० गते देखि नै बक्स अफिस प्रणाली शुरु हुने बताईएको छ । यसका साथै आगामी श्रावण महिनादेखी देशभरका हलमा इ-टिकेटिङ्ग सिस्टम लागु हुनेछ । सर्भर जडानको लागी आर्थीक अभाव भएका हलहरुमा चलचित्र विकास बोर्डले आर्थीक सहयोग गर्ने जनाएको छ ।

केहि निर्माताले बक्स अफिस अब्यवहारिक भएको भनिरहेको भन्दै बोर्ड अध्यक्ष पौडेलले जुनसुकै हालतमा बक्स अफिस लागु गरिछाड्ने प्रतिबद्दता जनाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu