२०१७ की मिस नेपाल निकिता चण्डकले चलचित्र ‘रानीमहल’ मा काम गर्ने भएकी छिन् । यसअघि उक्त चलचित्रमा अभिनेत्री वर्षा सिवाकोटी फाइनल भएकी थिइन् । उनले चलचित्रबाट हात झिकेपछि निकिता भित्रिएकी हुन् ।
सम्भवतः पहिलो पटक मिस नेपालको १ वर्षे कार्यकाल सकिए लगत्तै चलचित्रमा भित्रिने उनी पहिलो हुन् ।
खबरअनुसार, आइतवार उनीसँग निर्माण टिमले औपचारिक कागजी सम्झौता गरिसकेको छ । केही दिन भित्रै निकिताले वर्कशप ज्वाइन गर्ने बताइएको छ । चलचित्रका लागि उनको पहिरन तयार गरेर छायांकनमा जाने तयारी निर्माण पक्षको छ ।
यस्तै, प्रशान्त ताम्राकारको ठाउँमा निर्माण टिमले पुराना नायक अर्जुनजंग शाहीलाई अनुवन्धित गरेको छ ।
हिमाल न्यौपानेले निर्देशन गर्ने चलचित्र रानीमहल’ त्रिकोणात्मक प्रेमकथामा आधारित हुने बताइएको छ ।