चौथो हप्तामा पनि ‘शत्रु गते’ को क्रेज उस्तै



शुक्रवारबाट चौथो हप्तामा आफ्नो प्रदर्शन आरम्भ गरेको चलचित्र ‘शत्रु गते’ लाई प्रदर्शनको दिनदेखि दर्शक अभाव भएको छैन । सिंगल स्कृनमा बढी चल्ने अपेक्षा गरिएको यो चलचित्र मल्टिप्लेक्समा आक्रामक छ ।

वितरक गोपाल कायस्थले ‘शत्रु गते’ ले चौथो हप्तासम्म आइपुग्दा १० करोडमाथीको कलेक्सन गरेको जानकारी दिए । उनले यकिन व्यापारिक रिपोर्ट भने अहिल्यै नै दिन नसकिने बताए ।

उनी भन्छन्, ‘चलचित्र हेर्ने दर्शकको संख्या झन् दिन प्रतिदिन बढेको बढ्यै छन् । सय दिन मनाउने लगभग कन्फर्म जस्तै छ ।’


चलचित्रले चौथो हप्तामा पनि राम्रो कलेक्सन गर्दा यसको फाइदा निर्मातालाई कम हलवालाहरुलाई बढी भएको छ ।

चौथो हप्तामा चलचित्रले गरेको आम्दानीको ३० प्रतिशत मात्र निर्मातालाई शेयर जान्छ भने ७० प्रतिशत हलवालाको खल्तीमा जान्छ । पहिलो हप्ता भने निर्माता र हल सञ्चालकले ५०-५० प्रतिशत शेयर बाढ्ने गर्दछन् ।

जति हप्ता हलमा चलचित्र टिक्दै जान्छ उतिउति हलवालालाई शेयर बढ्दै जान्छ । यसरी हेर्दा ‘शत्रु गते’ चल्दा हलवाला भने यतिबेला मालामाल भएका छन् ।

प्रदीप भट्टराई निर्देशित यो चलचित्रका प्रस्तुतकर्ता किरण केसी हुन् । मह सञ्चारको ब्यानरमा यो चलचित्र निर्माण भएको हो ।

‘शत्रु गते’ मा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, प्रियंका कार्की, आँचल शर्मा, रमेश रञ्जन झा लगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu