सृष्टिको संस्थाको सहयोगार्थ ‘ब्लाइन्ड रक्स’ को च्यारिटी हुँदै



नेपालमा सुखद प्रदर्शनप्रश्चात् विदेशका विभिन्न देशहरुमा प्रदर्शन भइरहेको चलचित्र ‘ब्लाइन्ड रक्स’ को बैशाख १३ गते च्यारिटी शो हुने भएको छ ।

दृष्टिविहीन युवती सृष्टि केसीको जीवनमा आधारित यस चलचित्रको सृष्टिको संस्था ‘ब्लाइन्ड रक्स अर्गनाइजेसन’ (एनजियो) को सहयोगार्थ च्यारिटी शो हुन लागेको हो ।

साढे ५ बजे राजधानीको कुमारी हलमा आयोजना हुने शोका लागि टिकट दर ५ सय र हजारको राखिएको छ । उक्त शोमा देशका विशिष्ट, कुटनीतिज्ञ, समाजसेवीसँगै ब्यवसायीहरुको उपस्थिति रहने छ ।

यस चलचित्रका निर्देशक मिलन चाम्स हुन् । निकेश लिम्बु निर्मित ‘ब्लाइन्ड रक्स’ मा नायिका बेनिशा हमालले पर्दामा सृष्टिको भूमिका निर्वाहा गरेकी छिन् ।

चलचित्रमा अर्पण थापा, गौरी मल्ल, अनिल शाह, बसन्त भट्टको समेत मुख्य भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu