घर-घरमा पुग्दैछन् केकी र ऋचा, आखिर किन ?



बैशाख १४ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको अभिनेत्री केकी अधिकारी अभिनीत तथा निर्मित चलचित्र ‘कोहलपुर एक्सप्रेस’ ले भिन्न शैलीको प्रचार-प्रसार अपनाएको छ ।

केकी र चलचित्रकी प्रमुख कलाकार ऋचा शर्मा यतिबेला खाजा बोकेर दर्शकको घर-घर पुगिरहेका छन् । यदी तपाईले ‘फुडमान्डु’ मा केही खाजा अर्डर गर्नुभएको छ भने सरप्राइज हुन पनि तयार भएर बसे हुन्छ । कुनै पनि बेला केकी र ऋचा झोलामा तपाईले अर्डर गर्नुभएको खाजा बोकेर घरको ढोका ढकढक्याउन आइपुग्ने छन् ।

नायिका तथा निर्मात्री केकी र नायिका ऋचा शर्माले सुरुवातमा राजधानीमा रहेका केही घरहरुमा पिज्जा पुर्‍याएका छन् । नायिकाले घरमै पिज्जा पुर्‍याउँदा धेरै ‘कस्टुमर’ रक्ड भएका थिए । धेरैले गालामा हात राखेर ‘ओ माई गड’ को ‘रियाक्सन’ दिएका थिए ।


यी दुई नायिकाले अर्डर बमोजिमको खाजासँगै चलचित्र ‘कोहलपुर एक्सप्रेस’ को टिसर्ट उपहार स्वरुप प्रदान गरेका छन् । अभिनेत्री केकीले दर्शकसँग घरमै पुगेर साक्षात्कार गर्दा खुब मज्जा आएको बताइन् । उनी भन्छिन्, ‘हामी जहाँ-जहाँ खाजा लिएर पुग्यौं त्यहाँ हरेकलाई चलचित्रको बारेमा धेरै थाहा रहेछ । खुसी लाग्यो ।’

यस चलचित्रका निर्देशक विशाल भण्डारी हुन् । प्रियंका कार्की, विनोद न्यौपाने, बुद्दी तामाङ, रविन्द्र झा, कुशाग्र भट्टराईलगायतका कलाकारहरुको पनि अभिनय रहेको चलचित्रको कथा निर्देशक भण्डारी आफैंले लेखेका हुन् ।

अर्जुन तिवारीको छायांकन रहेको चलचिमा भद्र बहादुर शाही, देवी लाल न्यौपाने पण्डित र शिव प्रसाद चौलागाई ‘कोहलपुर एक्सप्रेस’ को निर्माताका रुपमा रहेका छन् ।

चलचिका गीतमा राजनराज सिवाकोटी, अर्जुन पोखरेल र कालीप्रससाद बाँस्कोटाको संगीत सुन्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu