जग्गा बेचेर ‘नेप्टे’ बनाएको हुँ : रोहित रुम्बा



चैत ३० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘नेप्टे’ का निर्माता रोहित रुम्बाले डेढ रोपनी जग्गा बेचेर फिल्म निर्माण गरेको बताए ।

मंगलवार पत्रकारसँगको कुराकानीको क्रममा उनले यस चलचित्रले राम्रो पैसा कमाउन नसके अबको ५ वर्ष चलचित्रबाट टाढा रहने बताउँछन् ।


उनी भन्छन्, ‘भक्तपुरमा रहेको डेढ रोपनी जग्गा बेचिसकेको छु । अरु जग्गा भने बन्धकी राखेको छु । यदी ‘नेप्टे’ असफल नभए म ५ वर्ष चलचित्रबाट हराउँछु । किनभने, मैले त्यो जग्गा बचाउनका लागि अरु काम गर्नुपर्छ ।’

रोहित भावुक मुद्रामा भन्छन्, ‘यदी चलचित्र राम्रो चले नयाँ चलचित्रको घोषणा गर्नेछु । नचले अब कहिल्यै चलचित्र निर्माण गर्ने छैन । अभिनयलाई निरन्तरता दिनेछु ।’ उनी ‘नेप्टे’ राम्रो बनेको हुँदा दर्शकको साथ पाउनेमा ढुक्क देखिन्छन् ।

उनी थप्छन्, ‘नेप्टे’ मेरो ड्रिम प्रोजेक्ट हो । १८ वर्षदेखि यही चलचित्र क्षेत्रमा संघर्ष गरिरहेको छु । मलाई पनि एउटा राम्रो चलचित्र खेलुँ, राम्रो ब्यानरबाट आउँ, मलाई पनि दर्शकले चिन्नुहोस् भन्ने ठूलो इच्छा छ । यसैकारण मैले यो चलचित्र बनाएँ । दाबी गर्छु यस चलचित्रले दर्शकलाई कतै पनि बोर हुन दिँदैन ।’


‘नेप्टे’ का निर्देशक देव कुमार श्रेष्ठ हुन् । हरी घले लामाले खिचेको चलचित्रमा दयाहाङ राई, रोहित रुम्बा, छुल्ठिम गुरुङ्ग, रोहित, ए गुरुङ, वुद्दि तामाङ, पूर्णिमा लामा, अरुणा कार्की, प्रनिशा सिलवाल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu