धरौटीमा छुटेपछि प्रशंसकले सलमान हिँड्ने बाटोमा ओछ्याए गुलाब



कालो हरिणको शिकार गरेको मुद्दामा बिहीबार जेल चलान गरिएका बलिउड अभिनेता सलमान खान धरौटीमा रिहा भएका छन् । न्यायाधीश रवीन्द्रकुमार जोशीले शनिबार फैसला सुनाउँदै सलमानलाई भारु ५० हजार धरौटीमा जमानत दिएका हुन् ।

सरकारी वकील भवानी सिंह भाटले सलमानको जमानतको विरोध गरेका थिए । उनले भनेका थिए, ‘यो सजाय निलम्बनको मुद्धा हो, कुनै नियमित जमानतको मुद्धा होइन ।’


सलमानका वकीलले कोर्टमा भने, ‘यो २० वर्षमा सलमानल सधै कोर्टको सम्मान गरेका छन् । यो २० वर्षमा कहिले पनि उनले बेल जम्प गरेनन् र सधै सुनवाईको क्रममा कोर्टमा उपस्थित रहे । उनले जाँचमा पनि पूरा-पूरा सहयोग गरेका छन् ।’

वकील महेश बोराले भने, ‘सलमान निर्दोष छन्, उनलाई झुटो केसमा फसाइएको छ ।’ जमानतपछि बोराले आफूहरुलाई इन्साफ मिलेको बताए ।

अदालतबाट जमानत मिले पनि सलमान खान बिना कोर्टको परमिशन देश बाहिर जान पाउने छैनन् ।

सुरक्षा घेरामा निस्किए सलमान

करीब ५ बजेर ४० मिनेट जाँदा सम्पूर्ण औपचारिक प्रक्रिया पूरा गरेर सलमान जेलबाट बाहिर निस्किसकेका छन् । उनी कडा प्रहरी सुरक्षा घेरामा एयरपोर्ट पुगेका छन् । सलमानसँग उनका बडिगार्ड शेरा पनि छन् ।

हजारौं प्रशंसक जोधपुर एयरपोर्ट जाने सडकमा सलमानको एक झलक हेर्नका लागि व्यग्र प्रतिक्षा गरिरहेका थिए । भीडमा हरेक उमेर समुहका व्यक्ति देखिन्थे । सडकमा ‘सलमान खान जिन्दाबाद’ जस्ता नारा घन्किएका छन् ।

फैसलापछि जोधपुरको अदालत अगाडि हजारौं प्रशंसकले खुसी साटासाट गरेर मिठाई बाढेका थिए । सलमान एयरपोर्ट जाने बाटोमा उनका प्रशंसकले गुलाबको फूल ओछ्याएका छन् । उनको क्रेज कस्तो छ यसबाटै थाहा हुन्छ ।

कयौं उनका प्रशंसकहरु गएको तीनदिन देखि जेल बाहिर बसिरहेका थिए । यहाँ सम्मकी जोधपुर जेल बाहिर केही फ्यानले सलमानको कैदी नम्बर १०६ को पट्टि बनाएर आफ्नो निधारमा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu